February 27, 2024, Tuesday
२०८० फाल्गुन १५, मंगलवार

‘अनन्त प्रेम’ विमोचन

९ पुस, काठमाडौँ, झरना सञ्‍चार ।

कवि सौरभ शर्माको कविता सङ्ग्रह ‘अनन्त प्रेम’ को कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि सङ्‌काय, रामपुरमा विमोचन गरिएको छ ।

ए.एफ्.यु. साहित्य सञ्‍जालको आयोजनामा आयोजित एक साहित्यिक कार्यक्रममा कविता सङ्ग्रह विमोचन गरिएको हो । कृतिकार शर्मा ए.एफ्.यु. साहित्य सञ्‍जाल, रामपुर कमिटीका अध्यक्ष तथा झरना सञ्‍चारका संयोजकसमेत हुनुहुन्छ । विधार्थी कल्याणकारी निर्देशनालयका निर्देशक श्री कृष्णप्रसाद थपलियाज्यूको विशिष्ट आथित्य र कृषि स्नातक ताहमा अध्ययनरत विधार्थीहरूको बाक्लो उपस्थितिमा पूर्वक्याम्पस प्रमुख श्री श्याम सुन्दर पन्थज्यूले पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा विमोचित पुस्तकका बारेमा सदीक्षा कार्की र मुना पुरीले टिप्पणी गर्नुभयो ।  अर्चना रेग्मी र अमृत शर्माले कविता सङ्ग्रहमा समावेश भएका झ्याउरे कविता वाचन गर्नुभयो । सौरभ शर्माको पहिलो साहित्यिक कृति झरना सञ्‍चारले प्रकाशन गरेको हो ।

विमोचित कृतिको ‘कृति – विमर्श’ कार्यक्रम  भोलि पुस १० गते अपराह्न २ बजे कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि सङ्‌काय, रामपुरमा हुने जानकारी दिनुका साथै पुस्तक बिक्रीबाट आएको मध्ये १०% रकम सामाजिक परोपकारी कार्यका लागि खर्च गरिने उद्घोष कवि सौरभले गर्नुभयो ।   

छोटो, मिठो र निकै प्रेरक रहेको कार्यक्रम ए.एफ्.यु. साहित्य सञ्‍जाल, रामपुर कमिटीका सचिवले सञ्‍चालन गर्नुभएको थियो ।