खेर नजाओस्
हिमाल राम्रो तराई राम्रो राम्रो छ चुरे नि
याे देशमा शान्ति आउँदैन क्याहाे जति नि कुरे नि
दुईचार जना सज्जन व्यक्ति चाहिया छ फगत
त्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।।
ती राता पाण्डा कस्तूरी मृग यै देश नाच्दछन्
याे देशकाे हिमाल हेरेर अरू देशका हाँस्दछन्
नेपालदेखि नेपाली भनी रमाउँछ जगत
त्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।।
गैँडा र हात्ती चितवनमा छन् त्याे बाँके बर्दियामा
चारकोसे झाडी मेची है देखिन् पुग्या छ कालीमा
त्यै झाडीलाई सम्हाल्न सके बन्ने छ जगत
त्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।।
देवी र देउता मठमन्दिर पनि यै देशमा पाइन्छ
यिनकाे राम्रो सुरक्षा गर्ने सज्जन चाहिन्छ
हे आमा राम्रो सपूत यहाँ जन्माऊ न अब त
त्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।।
रीतिरिवाज सस्कृति हाम्रो विश्वलाई लाेभ्याउने
याे हाम्रो संस्कार सुरक्षा गरी काे हाेला जाेगाउने ?
विरह चल्छ हातगाेडा गल्छ सम्झिँदा अब त
त्यतिकै खेर नजाओस् हेर सहिदको रगत ।।
लेखकको सम्वन्धमा