June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

मायालुको यादमा कोरिएका…

मायालुको यादमा कोरिएका शब्दहरू
बसेर पढ्दै छु तिम्रा बारेमा लेखेका कथाहरू ।

पिरतीका शब्दहरू, मायाले भरिएका मन
हेरिरहन्छु म नयनहरूले हेरिरहन मन लाग्छ झन्  
मायालुको यादमा कोरिएका शब्दहरू
जीवनमा राखेको छु समेटेर कथाहरू ।

प्रेमका शब्दले मनमा अनेक विचार आउँछन्   
आफ्नै बाटोमा हिँडिरहँदा उनी हेर्न आउँछन्
सम्झनाका क्षणहरू दिलमा राखेको छु
पानि खान भनेर खोलाको किनारमा आएको छु ।

साथ खोज्दै बसेको छु हावा जस्तै उड्छ यो मन
पिरतीका शब्दहरू, मायाले भरिएको मन
मायालुको यादमा कोरिएका शब्दहरू
बसेर पढ्दै छु तिम्रा बारेमा लेखेका कथाहरू ।