September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

गजल

सुरेन्द्र शाही ‘गुलाब कान्छो’
उपाध्यक्ष
साइनो वाङ्‍मय प्रतिष्ठान नेपाल 

मायामा अब आगो चाहिँदैन पानी चाहिँदैन
मलाई तिम्रो रूप अनि जिन्दगानी चाहिँदैन ।

निकै  समय सोचेर मैले  निर्णय  गरेको हुँ
दान गर्छु म आँखाका यी दुवै नानी चाहिँदैन ।

लैजाऊ यही मेरो तन मारेर कतै काम लाग्ला
भो अघाइसकेँ मलाई मेरो परानी चाहिँदैन ।

मुटु लियौ, कलेजी लियौ मसानघाटमा फाल्यौ
जिउँदै तन जलेर बनेको खरानी चाहिँदैन ।

सिर्प जोकर भएँ म त तिम्रो मायाको खेलमा
हजारीलाई राजा ‘गुलाब’ लाई रानी चाहिँदैन ।