September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

हाम्रो संस्कृति : हाम्रो पहिचा

राजा बाबु रञ्‍जन यादव
प्रसादी एकेडेमी

ऋषिमुनि र साधुसन्तद्बारा
पालित पोषित हाम्रो देश
हाम्रो विचार
अनि अदवितीय संस्कार र संस्कृति
यसलाई बढाउनुछ हामीले पिँढी दर पिँढी
रङ्‍गीचङ्‍गी फूलको फुलबारी जस्तो देश
विविध जाति संस्कार र भेष
अनुपम हाम्रो संस्कार संस्कृति
स्वर्गझैँ सुन्दर देश नेपाल 

हाम्रो संस्कृति भनेको
अरूसँग व्यवहार गर्ने तरिका
अरूसँग बोल्ने बोली
हाम्रो पुर्ख्यौली पहिचान
हाम्रो छुट्टै सान छ

मेरो मिथिला
मिथिलाबासीको महान् चाड
सबै दु:खको उजाड
छाउने छ खुसीको बहार
अरू पनि यस्तै यस्तै
धेरै चाडको धनी मेरो देश

कहिले मामा घर जाने
कहिले अन्य आफन्तका घरमा
शुभकामना साट्ने
रमाइलो गर्ने

वीरताको कहानी
गोरखालीको गौरव
भुल्नुहुन्न संस्कृति
भुल्नुहुन्न चाड
राष्ट्र र राष्ट्रियता
हो हाम्रो सान
हाम्रो संस्कृति
हाम्रो पहिचान ।