समय
क्रसोता खनाल
कक्षा : ८
पाठशाला फाउनडेसन
अस्तिसम्म रमाएको अझै याद छ मलाई
हिजोको नुनीलो बाढीका बारे सुनाऊँ म कलाई
बाले सानो हुँदा हात समाई हिँड्न सिकाउनुभएको रे
भोलि यही हातमा के थाहा कहिले बल्ने छ सलाई ।
अझै पनि राती नसुती कागजका पाना भर्छु
भोलि यही पाना सकिएपछि थाहा छैन के गर्छु
समय जस्तो किम्मती केही हुँदैन भनी कसले सिकाउनु ?
मेरा बिग्रिरहने घडीहरूलाई कहिलेसम्म बनाउनु ?
उता कोठाबाट भाइ रोएको सुनेँ
ए! उठेछ, भन्ने भयो
त्यही आवाजले सुत्न नसकेरै ढोका थुनेँ
बिस्तारै त्यो आवाज पनि मेटिँदै गयो ।
टिक-टिक गर्दै यो दिन पनि बितेछ
हिजो विद्यालयको पहिलो दिन जस्तो लाग्थ्यो
बिहानभरि भएको पानीको बोतल पनि रित्तिएछ
हरेक थोपोको गणना कसले राख्थ्यो ?
लेखकको सम्वन्धमा