निःशब्द
पूर्वको सुन्दर क्षितिज लालिमय हुँदै सूर्य उदायो । कलिला सूर्यका किरणले देउराली गाउँलाई नै झलमल्ल बनायो । हातमा तातो चियाको गिलास लिएर शिसम कोठातिर छिर्छिन् । शिसमका पति सुजित टिभी हेर्दै छन् । उनकै छेउमा बसेर उनकी ४ बर्षे छोरी नीलिमा गृहकार्य गर्दै छिन् । टिभीमा देश–विदेशमा समाचार आइरहेका छन् ।
त्यतिकैमा एउटा समाचार आउँछ ।
“६ वर्षीया बलिकालाई ३५ बर्से पुरुषले बलात्कारपछि हत्या गरेका छन् ।”
बाँकी समाचार विस्तारमा……………………..(समाचार वचन भइरहको छ ।)
गृहकार्य गरिरहेकी नीलिमा उनका बाबा सुजिततिर हेर्दै सोध्छिन्, “बाबा बलात्कार भनेको के हो ?”
समाचार हेरिरहेका सुजित छोरीको प्रश्नले एक्कासि झस्किन्छन् र टिभी बन्द गर्छन् । आँसुले गह टिलपिल हुन्छन् । छोरी नीलिमाको निर्दोष मुहार हेर्छन् र आफ्नो काखमा च्यापिराख्छन् ।
श्रीमती शिसमतिर पुलुक्क हेछन् । उनका गाला अघि नै आसुँले भिजिसकेका छन् । हातको गिलास टेबलमा राख्दै केही नबोली भक्कानिएर फुत्त बाहिर निस्किन्छिन् । काखमा रहेकी छोरी नीलिमा बाबाको चिउँडोमा उम्रिएका छोटा–छोटा दाह्री सुम्सुम्याउँदै उही प्रश्न दोहोर्याउँछिन्, “बाबा भन्नुस् न, बलात्कार भनेको के हो ?”
सुजित निःशब्द छन् ।
“के हाम्रो समाज र देशले यस्ता घटनालाई निमिट्यान्न पार्न सक्दैन ? दोषीलाई हदैसम्मको कार्वाही गर्न किन हिच्किचाउँछ हाम्रो समाज ? आर्थिक, राजनैतिक चलखेलमा दोषीहरू फुत्किरहने परम्परा कहिलेसम्म चलाइरहने ? यस्तै यस्तै अनन्त प्रश्नको वर्षा बर्सिरहन्छ उनका मथिङ्गलमा
लेखकको सम्वन्धमा