फूल
फूलले सबैतिर सुवास नै छर्छ
सौन्दर्य र सुगन्धले मन नै खुल्ला पार्छ ।
देवी देवता खुसी पार्न फूल पढाउनुपर्छ
यसो गरे मनभित्र शान्ति आफैँ भर्छ ।
गमला र फूलबारीमा फूल फुल्ने गर्छ
मलजल चाकर पनि यसलाई गर्नपर्छ ।
यसो गरे राम्रो गरी फूल फुल्ने गर्छ
फूल राम्रो फुलेपछि भमराको मन हर्छ ।
भगवान्लाई खुसी पार्न फूल चढाउनुपर्छ
भगवान्ले खुसी भई दुःख कष्ट हर्छन् ।
पूजाआजा मन्दिरमा यसको प्रयोग गर्छन्
मनमा शान्ति आओस् भनी फूल टिपी छर्छन् ।
लेखकको सम्वन्धमा