January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

मूल्यवृद्धि-२

समिरन चालिसे
पाठशाला फाउन्डेसन

मूल्य पानीको पनि बढेछ, तिनपानेको पनि
तर बजार अहिले उच्च मूल्यमा छ
किनकि अहिले मूल्य मनको पनि बढेछ, मतको पनि
एक मतको कति ?
भोट केमा ? 

मूल्य सिजनल हुन्छ, अहिले त अफ सिजन छ
हरियो मकैको मूल्य नि बढेछ, गहुँ र कोदोको पनि
किनकि सिजनको व्यापार त बर्सेनी चल्छ
अफ सिजन चल्या पो बिजनेस हो त
अहिले नोटको मूल्य घटेछ अनि भोटको मूल्य बढेछ
भोट केमा ?

भट्टामा पोल्ने रेल ल्याउने कुरा बोल्ने
कोही झ्याली पिट्ने झ्याले, कोही घोषणापत्र पढ्दै घुर्ने र्‍याले
र्‍याल, सिगान जे बगे पनि, हावा गफ चुटे पनि,  हेगमा बोलाए पनि
हाम्रो हाम्रै हावापानीअनुसार कै छ गठबन्धन
मिले बन्दन नमिले नलबन्दन
मूल्य बढेकै छ
बजारमा हात जोडेर धुर्बे हाती गोजीमा हालिदिँदै
उमेदवार सोध्दै थिए
भोट केमा ?
पाँच वर्षपछि अब हात्तीमा भाेट हालिँदैन
मूल्यवृद्धि भयाे भाेटकाे ।।