May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

पानीको महत्त्व

सम्पदा नेपाल
कक्षाः७
जनप्रेमी मा.वि. कौशलटार, भक्तपुर

पानी नै हो सबैलाई चहिने वस्तु
पानी नै हो सबैलाई जीवित राख्ने वस्तु ।

पानी नै हो प्रकृतिको अनमोल उपहार
पानी नभई चल्दैन हाम्रो घरबार ।

पानी नभई संसार नै हुन्छ मरुभूमि
पानी नै हो सबैको बाँच्ने आधारभूमि ।

एक थोपाले नि मानिसको जीवन बच्न सक्छ
पानीले नि जुनै देश धनी बन्न सक्छ ।

पानी नै हो संसारलाई हराभरा पार्ने
पानी नै हो संसारलाई जिउँदो भूमि पार्ने ।

पानीको हामले अब महत्त्व बुझ्नुपर्छ
जलस्रोतको हामले अब रक्षा गर्नुपर्छ ।

पानी नभई कुनै जीव बाँच्दैन है साथी
पानी नै हो हाम्रो जीवन बुझ्नुपर्छ साथी ।