December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

एउटा सपना

प्रस्तुति कोइराला
कक्षा : ७
काव्य स्कुल

एउटा सपना बोकेको छु
त्यो पुरा गर्न लागि पर्नुछ  मैले
जीवनका उकाली र ओरालीहरुमा
अघि बढ्नुछ मैले
भगवानसरी बा, आमाका
आँसु पुछ्नु छ मैले
उहाँहरूका अव्यक्त चाहना
पूरा गर्नुछ मैले
त्यसैले त
दृढताकासाथ अघि बढनु छ मैले
कत्ति पनि नलरखराई
पाईलाहरु चाल्नु छ मैले
हर परिस्थितिको सामना गर्दै
आँधीसरी बेगका साथ
आधि बढनु छ मैले
चट्टननसरी अटल बनेर
जीवन जिउनु छ मैले ।