विजेतालाई सन्देश
याे हाम्रा देशका विजेताहरूलाई
नेताबा अनि दाजुभाइ अरूलाई
दिदी, बहिनी काेही छाेरी जस्तै म देख्छु
त्यसैले म आज केही कुरा त लेख्छु।।
युवा जागी जागी नयाँ पार्टी ल्यायौ
जनता खुसी भए मत पनि पायौ
बिचारेर बस्नु छ कि दाेषी कुर्सी
देशकाे मटाे शिरमा राखी हुनु फुर्ती ।।
पुरानाहरूलाई अपमान होइन
जाे जाे छन् विजेता माया मार्या छैन
अगाडि भएका कमी कमजोरीलाई
सुधारेर लैजाऊ बन्ने छौ हाई हाई।।
काेही छौ कलिला अठ्ठाइस मात्र लाग्या
चित्रबहादुर केशी बा असी वर्ष नाग्या
जसजसलाई माया गरे जनताले राेजी
त्यही ठाउँको विकास गर्नु खाेजी खाेजी।।
जुनसुकै पार्टी हाेस् नीति राम्रो गर्छ
विकास गर्नमा चाहिँ व्यक्तिमा भरपर्छ
विजेताहरूलाई हैन तेरो र मेरो
मेचीकालीभित्र नेपालीको घेराे ।।
सम्झिऊँ त टिष्टा काङ्गडाका कुरा
सिँगौरी नखेल जाेगाऊ लिम्पिया धुरा
हाई हाई मात्र गरिबस्ने दिन छैन
मात्र सर्प पालेर विकास त हुँदैन ।।
नबाँढ पद त्याे आफन्तनहरूलाई
बुहारी, छाेरी, ज्वाइँ, भाइ या कसैलाई
दक्ष दक्ष खाेज वैज्ञानिक राेज
बुद्धिजिवी र आँटिलाे याे देशमा जाे छ।।
लेखकको सम्वन्धमा