तिहारै रमाइलो

निरुता रावत
कक्षा : ७
श्री मनोहरा आधारभूत विद्यालय
तिहार नेपालीहरुको दसैँपछिको महान् चाड
यही दिनमा दिदि र भाईको बढ्छ सद्भाव
यस दिनमा सबैले लक्ष्मीको पुजा गरी धन सम्पत्तीको वर माग्दछन्
सबै हिन्दुहरु तिहार मनाउनका लागि जाग्दछन्
जताततै झिलिमिली देख्दा पर्छु दङ्ग
झिलिमिलीले मनमा छाउँछ उमङ्ग
सत्यको विजयको रूपमा दीपावली गरी यो चाड मनाइन्छ
यही दिनमा जताततै झिलिमिली र रवली बनाइन्छ।
भाइटिका पर्छ कात्तिक महिनामा
यही पर्वले गर्छ दिदि र भाईको भेट
सबै जना राम्रा राम्रा लुगा लगाएर
मिठा-मिठा खानेकुरा खाएर रमाउँछन
तिहार पाँच दिनसम्म धुमधामसँग मनाउँछन् ।
शत्रु नाश होऊन भट, ढोकामा ओखर फोर्छन
‘मखमली फूलको माला लगाएर सुख शान्ति र दीर्घाकको कामना गर्छन्
यस दिनमा दिदि बहिनीहरूले आआफ्ना राजुभाइलाई बोलाउँछन्
देउसी, भैलो खेलेर धूमधामसँग तिहार मनाउँछन् ।
लेखकको सम्वन्धमा