धन देखेर……
धन देखेर लाग्यौ माया कहाँ दिगो हुन्थ्यो
मनबाट माया तिमीले कहिले पो दिन्थ्यौ ।
पैसा मात्र खोज्छौ जोड, घटाउ, गुणा र भाग गर्छौ
मनबाट माया गर्न भन तिमीले कहिले सिक्छौ
स्वार्थी रै छ तिम्रो माया धनको पछि दौडने
चोखो मायाको अर्थ तिमीले कहिले हो बुझ्ने ?
दिलबाट माया गर पवित्र सम्बन्धलाई जोगाऊ
मायालाई धनको तराजुमा जोख्न नखोज बरु एक्लै छोडिदेऊ
लेखकको सम्वन्धमा