June 13, 2024, Thursday
२०८१ जेष्ठ ३१, बिहीबार

फूल

विकल्पा गौतम
कक्षा : ३
माउन्ट एभरेस्ट स्कुल

फूलहरू राम्रा राम्रा
मगमग वासना आउँने
रङ्‍गीचङ्‍गी फूलहरू
साह्रै राम्रा हुने ।

फूलहरूमा राम्रा राम्रा
पुतली नि आउँछन्
सबै फूल मलाई सधैँ
धेरै राम्रा लाग्छन् ।

फूहरूको माला बनाई
भगवान्‌लाई चढाउँछन्
भगवान्‌लाई राम्रा लाग्‍ने
धेरै फूल हुन्छन् ।

रङ्‍गीचङ्‍गी फूलबारीमा
मौरी पनि आउँछन्
त्यै फूलको रस चुसी
मह बनाउँछन् ।