प्रिय गुरु !

कृति पोखरेल
कक्षा:१०
घटराज मेमोरियल विद्यालय
हेक्का अझै तनमा छ, मनमा छ
अनि यो यादमा छ
सायद कसैसँग भन्न त नसकुँला
तिम्रा लागि कारुण्यको भाव मेरो स्मृतिमा छ ।
शान्त स्वभावकी चेली म, तिम्रो ठुलो भक्त
तिमीबाटै ज्ञान र सिप सिकी म सबैमा छु पोख्त ।
गुरु, तिम्रा ज्ञान र सिपले सदाबहार चम्किँदै छु म
तिम्रै चरणशरणमा परी अघि लम्किँदै छु म ।
तिमीले लगाएका ती देन मलाई आउँछन् आँखामा झलझली
छाेडेर नजाऊ टाढा गुरु मेरा झर्दछन् आँसु बरबरी ।
पथप्रदर्शक हौ तिमी मेरो मर्म बुझिदिने
बाधा बारे सिकाउने अनि जीवन बनाइदिने ।
सिकाइ र तिम्रै अन्तरहेराइले बद्लियो मेरो गति
धन्य छु म गुरु तिम्रा अमूल्य देनप्रति ।
आदर सत्कार सधैँ सदैव तिम्रो नै गर्छु
आँट दिनु मलाई हरपल पाइला अघि सार्छु ।
माफी दिनू, माफ गर्नू गुरु मलाई यदि म गलत थिएँ भने
नीतिमै बस्दा पनि म दोषी बनेँ भने ।
आशा हो राख्नुस् गुरु सायद पूरा गर्छु होला
कसैका लागि नभए पनि तिम्रा लागि म केही गर्छु होला ।
लेखकको सम्वन्धमा