प्रतिबद्ध बनौँ

कृति पोखरेल
कक्षा:१०
घटराज मेमोरियल विद्यालय
जर्दाले सबथोक आउँछ भने स्नेह किनि ल्याउनु
जर्दाले यदिखुसी पाउँदछौ भने उद्यान के धाउनु ?
फुइय उडाउँदै त्यो धुवाँ तिमी छाती ठुलो फुलाउँदै छौ
थाहा नै रहेनछ सुर्तीले तिमी भित्री छाती गलाउँदै छौ ।
यसले फाइदा त कत्ति नै गरेको छ र अमूल्य देह नासेर
सेवन नगरौँ है खराब अमलको परिवार नै त्यागेर ।
करोडौँको यो देहलाई तिमी आखिर किन सस्तो सोच्दै छौ
कुलतमा लागेर तिमी किन समाजबाट तिरस्कृत हुँदै छौ ।
बसेको छ लत यो सेवन गर्न सिक्दासिक्दै अरूको साथमा
आखिर समय क्षणभन्दा अघि किन जान मन छ घाटमा ?
बिलासिताका ती वस्तुहरू खाएर तिमी किन देखाउँदै छौ ठुलो सान ?
आखिर समाजभित्र रहेर तिमी किन घटाउँदैछौ आफ्नो इज्जत मान ।
उन्माद बढाएको कोकिनलाई तिमी आखिर किन छाड्दैनौ ?
नमानी डर तिमी आफूबाट किन जाँडलाई पर फ्याँक्दैनौ ?
के नै पाइन्छ भनेर खान्छौ ? तिमी चुरोट, बिँडी, तमाखु र खैनी ?
आखिर के थाहा र तिमीलाई तिम्री आमाको वेदना, बुवाको छटपटी
त्यो पनि तिम्रा लागि कसरी बाँचूँ मनी ।
थाहा नै छ सुर्तीको असर त्यो कस्तो छ र !
यो सनो वस्तुले पनि बिगारिदिन्छ तिम्रो घरबार
आमाबाट पनि नजन्मिउन् भुवनमा कोही अमली यहाँ
देशबाट निकाल्नुपर्ने ती तुक्ष सन्ततीहरू यहाँ ।
त्यसैले आऊ
आज नै प्रण गुरौं हामी सुर्ती चुरोट खान्नौँ भनी
स्वास्थ्य रहनु नै पर्दछ अब समाजको उदाहरण बनी ।
लेखकको सम्वन्धमा