March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अनुशासन

बिमा रावत
कक्षा : ५
श्री मनोहरा आधारभूत विद्यालय

सुन्यौँ हामीले कथा, कविता कवि महिमा
अनुशासन विद्यार्थी जीवनको बहुमूल्य गहना
पढ़ी लेखी अनुशासनमा बस्नुपर्छ
ज्ञानी गुणी भएर कर्तव्यको पालना गर्नुपर्छ ।

अधिकार मात्र नभन कर्तव्य नि जान
आफ्नै आमाबुबासरि गुरुलाई नि मान
विद्यालय आएपछि ज्ञानी हुनुपर्छ
अनुशासनमा बस्न सिक्नुपर्छ।

गर्नुपर्छ सबैलाई मान
सानालाई माया अनि ठुलालाई सम्मान
म त धेरै पढेर गुरुलाई खुसी बनाउँछु
मिलिजुली साथीसँग खेलेर रमाउछु ।