December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

भानुभक्त

समृद्धि नाथ
ज्ञानकुञ्ज मा.वि 
कक्षा : ९

भानुमैं चम्किरहन्छौं कति राम्रो 
भानुभक्त तिम्रो नाम
नाम सम्झिरहने आहा ! 
कति अमर कवि तिम्रो काम !!

प्ररेणा लियौ घाँसीबाट 
लेख्यौ रामायण
बन्यौ आज महान् आदिकवि 
गर्छु सधैँ म नमन ।

क्षितिजमा तारा छउन्जेल टल्किरहोस् 
भानु तिम्रो नाम
सारा नेपाली धन्य भई सम्झिरहुन् 
तिम्रो रम्घा गामा

परोपकारको भावना बोकी
हिँड्दै छु भानु आज म
प्रेरणा लिन कहाँ जाऊँ र !
मनैदेखि नै भानु भनु हुँदै छु आज म ।