May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

 म विद्यार्थी

सृष्टि केसी
कक्षा : ९
ज्ञानकुञ्‍ज मावि

म विद्यार्थी पढिरहेकी छु, पढछु म अझै 
देशका निर्माता हामी, ध्यान दिनुपर्छ कक्षामा सधैं। 
जस्तो परिस्थिति आए पनि पढ्छु म मन लगाई,
म विद्यार्थीको सधैँ हुने छ पहिलो प्राथमिकता मेरो पढाइ ।

म विद्यार्थी मेरो साथी हो कलम र कापी 
हामीले प्राप्त गरेको ज्ञानको सदुपयोग गर्नु नै जाति । 
पढ्न छोडनु हुँदैन चाहे आओस अभिक्रोन वा कोभिड
हामी विद्यार्थी हुनुपर्छ पढाइ भनेपछि सधै मोहित |

सपना छ धेरै पढीलेखी पूरा गर्ने छु 
देश र मातापिताका लागि केही गरेर मात्र मर्ने छु। 
शिक्षा नै हो विद्यार्थीको धन राख्छु सिक्ने चाहना 
छोराछोरी सधैँ खुसी बनुन् भन्ने छ मेरा आमाबुबाको कामना ।।

म विद्यार्थी छन् किताबका बोझ मेरा यी काँधमा
म विद्यार्थी विद्यालयमा आउँछु सपना साकार गर्ने आशामा 
बुबाआमा नै छन् हो मेरो साथमा 
बुबाआमा नै छन् हो मेरो सासमा ।