दोष
के अर्थ रह्यो र साथीको जब साथ नै नरहे
खुसीमा सँगै हास्ने तर दुःखमा साथ नै नभए ।
कसम खाई भन्थ्यौ साथ दिने जीवनभरि
टुटिसकेको मन अब कसरी जोड्नु कर गरी ।
भेट्यौ मलाई त्यसरी, जसरी बढ्छ उर्लँदो भेल
के था’ र ? खेलिरहेका रहेछौ एक अन्जान खेल।
कुरा काट्न, खुट्टा तान्न तिमी पनि परेनौ पछि
सोधेनौ मलाई के भाको, जब गए गएथ्यौ सँगै बसी ।
देखिनँ दोष मेरो, न त दोष नै तिम्रो
भाग्य भनौ, भाग्यले गर्दा छुट्यो साथ हाम्रो।
केही गल्ती भएकै होला तिमीबाट पनि
पैदा भयो दुस्मनी होसमा थिइनँ म नि ।
पहिले खुसी हुँदै भन्थ्यौ दिन गनी गनी
अहिले हिम्मत छैन बालाउने ‘ए साथी !’ भनी ?
समयअनुसार फोरियौँ हामी पनि अहिले
छैनौँ हामी जस्ता थियौँ विगतमा पहिले ।
लेखकको सम्वन्धमा