May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

तिमी नआऊ प्रिया…….

तिमी नआऊ प्रिया आँखासँग आँखा मिलाउन
माया जालमा पार्‍यौ तिमीले गाह्रो भयो छुट्टिन ।
 
कति वेला टाढा हुन्छौ धेरै टाढा यात्रामा जानु छ
मनमा माया राख्नुछ यो दिलबाट सम्झि राख्नु छ
कति दिन बितेको छ कयौ समय बितेको छ 
यो ठाउँमा बसेर मिठो गीत सुनाउनु छ ।
 
मनलाई खुसी राखेर सम्झिएर बस्‍नु छ
रातको समयमा आकाशको जुन हेरी बस्‍नु छ ।