May 31, 2023, Wednesday
२०८० जेष्ठ १७, बुधबार

आमा

सङ्‍गीता ठाकुर
कक्षा : ९
ज्ञानकुञ्‍ज माध्यमिक विद्यालय

भगवान् स्वरूप संसारका हरेक माता 
कष्ट सहेर बलाक जन्माउने जीवनदाता  
थामेर बालकका साना-साना औंला
सिकाउँछिन् जीवनमा टेक्न पाइला ।।

आमा हुन् बच्चाको पहिलो शिक्षक 
उनी नै बालकको पहिलो रक्षक 
हरेक क्षण बालकका लागि गर्छिन् भक्ति 
बालकलाई प्रदान गर्छिन् अनौठो शक्ति ।।

कोही छैन संसारमा आमा जतिको ज्ञानी 
उनी त हुन् ममताकी विशाल खानी 
सही चिन्ता गर्छिन् बालकका भविष्यको 
बालकको निर्माणलाई बनाउँछिन् कर्तव्य आफ्नो ।

आमाको कारण न्यानो काखको त्यो माया 
बालकका लागि आनन्द दिने छाया
बालकलाई सधैँ दिन्छिन् आफ्नो आशीर्वाद 
बालकला लागि गरिन् सारा संसारसँग विवाद ।

बालकको शिरमा सधैँ हुन्छ आमाको हात
जस्तोसुकै समस्यामा पनि छोड्दिनन् आफ्नो साथ
संसारले धिक्कारे पनि उनले गर्छिन् सन्तानमा भरोसा
त्यसैले आमासाथ जीवनभर रहनु छ सबको आशा ।

बालकका गल्तीलाई गर्न जानेकी जसले क्षमा
ती नै हुन् संसारमा एक मात्र आमा ।