तिम्रो बोलीले यो मनलाई…..गीत

दिपायल सिलगढी न.पा.२, दिपायल डोटी
तिम्रो बोलीले यो मनलाई छुन्छ
तिम्रा शब्दहरू सुनिरहूँ लाग्छ ।
यो ठाउँमा तिम्रो गीत गाएर बसेको छु
गाउँघर सबैलाई सम्झिएको छु
यो सम्झिने मन सम्झिरहेको छु
कुन संयोगले भेट होला कुरी बसेको छु ।
रमाउँछु गाउँ बस्तीमा मनलाई मोहित बनाउँछ
यो मनलाई बाँध्न सजिलो मलाई कहाँ हुन्छ ?
मनको माया मुखले व्यक्त गर्न गाह्रो हुन्छ
माया गर्ने मनबाट बिर्सन गाह्रो हुन्छ ।
सधैँ भेटघाट गरेको सम्झना आइरहन्छ
मनका सबै कुरा तिमीलाई भन्नु छ
सम्झना आउला विगतका ती पलहरू
दिलमा बसे मेरा ती नबिर्सने क्षणहरू ।
लेखकको सम्वन्धमा