तिम्रो हाथ र साथ

प्रसादी एकेडेमी
कक्षा:१२
मलाई चाहिँदैन
सुनको महल
धनसम्पती
बस मलाई
तिम्रो हात र साथ भए पुग्छ
हैन भने जीवन
त्यस्तै बित्छ ।
मलाई सधैँ फूलको बाटो हिँड्नु छैन
काँडाको बाटो नै होस्
तर हात र साथ तिम्रो होस।
मैले झर्दै गरेका तारालाई देख्दा
तिम्रै हात र साथ मागेको छु
बस तिमीले मेरो साथ रोज्नु
म बाटो रोज्छु ।
हरेक पाइला सँगै हिँड्ने छु
कुनै कारणले मेरो
हात र साथ छुट्टयो भने
आफ्ना मुटुमा खोज्नु
म मायाले भरिएको मुटुमा भेटिने छु।
लेखकको सम्वन्धमा