दसैँ

कक्षा : सात
श्री मनोहरा आ.वि.
‘दसैँ’ शीर्षक राखी कविताको सार
मेरातर्फबाट सबलाई नमस्कार !
बर्सौँपछि दशैँ मान्न फर्किन्छन् परदेशी
मलाई पनि प्यारो लाग्छ मेरै गाउँबेँसी ।
दसैँ आउँदा घरआँगन सफा पारिन्छ
मिठा मिठा खाने कुरा खुबै खाइन्छ
रातो टीका र पहेँलो जमरा नि लाइन्छ
टीका आशिष थाप्न आफन्तकहाँ जाइन्छ ।
“दसैँ आयो, दसैँ आयो” भन्दै रमाइन्छ
दसैँ मनाउन पैसा कमाइन्छ
नयाँ लुगा लगाई पिङ खेल्न जाइन्छ
परिवारमा मिलीजुली खुबै रमाइन्छ ।
दसैँ आउँछ वर्षदिनमा हर्ष बोकेर
नबुझ्दामा जान सक्छ रिन बोकाएर
रिन गर्नु हुन्न हजुर दसैँ मनाउन
जान्नुपर्छ मनमनै खुसी सजाउन ।
लेखकको सम्वन्धमा