हिमाल

कक्षा : १०
मनोहर माध्यमिक विद्यालय, टोखा
हिमाल हाँसे पो छ सान हामी नेपालीको
गर्व गर्ने ठाँउ रहोस् शीतल यस देशको
हिमालको सान छ यहाँ नेपालीको छ मान
पूर्व, पश्चिम, उत्तर, दक्षिण हाम्रै रहोस् सान ।
हामी नेपाली हौं हामीले गर्व गर्नुपर्छ
हिमालको देश भनी सबले चिन्नुपर्छ
हिमालको शिखरझैँ उठ्न सिक्नुपर्छ
देशको मान राख्न भनी हामी उठनुपर्छ।
नेपाली हौं हामी भनी गर्व गर्नुपर्छ
हिमालझैँ अब्बल बनी बाँच्न सिक्नुपर्छ
वीरतले जोगाएको हिमाल हो हाम्रो
सान गर्ने ठाँउ रहोस् वीर पुर्खा तिन्को ।
लेखकको सम्वन्धमा