चाहन्छु

कक्षा : ११
एभरेस्ट कलेज, थापाथली, काठमाडौँ
पराईको होइन
म वीर गोर्खालीको देशमा वास बस्न चाहन्छु
मरण होइन म सम्पूर्ण जीवनको आशा चाहन्छु
रक्तकुण्ड होइन म देश जगमगाएको हेर्न चाहन्छु
देशमा डर र त्रास व्याप्त भएको होइन
हाँसोको सगरमाथा हेर्न चाहन्छु
कृत्रिम आधुनिकतामा होइन
म यर्थाथमा बाँच्न चाहन्छु
मरुभूमिको प्यास होइन
म जलासयको मूल चाहन्छु
धुँवा, धुलो, तुषारोमा रुमलिएको पुस माघ होइन
नयाँ चोला फेरेको वसन्त चाहन्छु
प्रकृतिको सुन्दर काखमा नाच्न चाहन्छु
पराईको होइन
म वीर गोर्खालीको देशमा वास बस्न चाहन्छु ।
लेखकको सम्वन्धमा