सुनिता स्याङतान
कक्षा : ११
एभरेस्ट कलेज, थापाथली, काठमाडौँ
हो, जीवनमा तनाव हुन्छन् धेरै
तर, ठुलो तनाव हो झैँ लाग्छ मेरै
तनाव हुदैन एकै प्रकारका
परिवेशअनुसार तनाव प्रकार प्रकारका
गाउँबाट दु:खपीडा बोकी सहर धाउछन् कति
दु:खपीडा भुली रमाउछन कति
साँच्चै दुःख नभएको होला के कुनै सहर !
तनावले खाइदेला कति रहर !
जीवनशैली परिवर्तन गरी
नियन्त्रण गरौँ तनावलाई
कारण पहिचान गरी
सामना गरौं तनावलाई
कति दिन सकिएला बस्न
तनावमै डुबेर
आखिर जाला है जिन्दगी यसै खेर ।
योग गरौँ, ध्यान गरौँ
सधैँभरि व्यायम गरौँ
थालौँ सरल जीवन बिताउन
तनावमुक्त भई जिउन
हाँसी हाँसी तनावलाई हटाउनुपर्छ
साथीभाइ आफन्तसँग कुरा गर्नुपर्छ ।
लेखकको सम्वन्धमा