मेरो देश नेपाल

कक्षा : ५
श्री मनोहरा आधारभूत विद्यालय
नेपालकी छोरी हुँ
धर्ती मेरो छाती
ठाडो शिर पारी हिँड्ने
वीर मेरो जाति ।
शिर मेरो सगरमाथा
विश्व चिनाउने
बुद्ध नै हुन् शान्ति दिने
टुकुटुकु हिँडाउने ।
अरनिको भृकुटीले
उचालेको देश
ठाडो शिर पारी हिँड्ने
मेरो भाषा भेष ।
कोटी कोटी फूल उनी
उनेको यो माला
होस गरौँ हामी सबले
शत्रु आईलाग्ला
भिर पाखा पर्वत छन्
देउलीको माझ
नाच्दै गाउँदै नेपालीको
इज्जत राखौँ आज ।
लेखकको सम्वन्धमा