Epaper
Contact Us
January 20, 2025, Monday
२०८१ माघ ७, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
नेता सुधार मति
जानुकादेवी ढुंगेल
२०७९ भाद्र २३
468 views
देशका खातिरमा सहिद बनिगए सज्जन अगाडि यहाँ
हेर्दाहुन् तिनले कस्तो भयाे भनी बसेर त्याे स्वर्गमा
बिग्रिदै गयाे है झन् झन् यहाँ हाम्रो याे देशको गति
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति ।।
छुट्यायौ तिमीले काेटा दिने भनी उस्तै नागरिक थिए
बुझेनन् नि तिनले हेलित गरेकाे पाइयो है भन्दै लिए
बाहना बनायौ आफैँले कमायौ जाेरजम्मा गर्यौ कति,
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति।।
लडाइँ मात्र गरेर बस्ने कति हाे त्याे कुर्सीमा के छ र ?
याेग्यै व्यक्ति बस पाँचदेखि दस नै विकास राम्रो गर
गाडी नै त किन्यौ बङ्गाला बनायौ जाेरजम्म गर्यौ कति ?
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति।।
कृषिमा ध्यान देऊ वर्गलाई हेरिलेऊ स्तर छ कस्ताे भनी
ध्यान राखेर गरे सबैतिर गई जाँचेस् त्याे बुद्धि पनि
विदेशतिर गए न फर्किने नागरिक विज्ञैले जति
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति।।
प्राकृतिक रूपले धनी छ हाम्रो देश नेपाल छ सुन्दर
यी आमा रुँदै छिन् अति भयाे भनी विचार राम्रो गर
सहिदकाे पनि त यहाँ दृष्टि परदा मन पाेल्दाे हाे भतभती
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति।।
दुखैले गरी आर्जेकाे धन याे हाे पुर्खाहरुले अघि
छातीमा वाँण हान्दछौ किन याहाँ दुखी यी जनता ठगी
धृतराष्टसरी भयौ नि अहिले पछि हाेला के गति ?
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति।।
यही वृत्ति गरने नेतामा परने म म भनेस् मञ्चन
मूल्याङ्कन गरी बक्सनुहवास् भए काेही सज्जन
लेखेँ है मैले देखेर अहिले हाम्रो याे देशकाे गति
सहिदकाे आँसुले पिराेल्छ तिमीलाई नेता सुधार मति।।
लेखकको सम्वन्धमा
जानुकादेवी ढुंगेल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सन्दिग्ध
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
सन्दिग्ध
२०८१ माघ ६
लेखकको सम्वन्धमा