मेरो विद्यालय

कक्षा : सात
श्री मनोहरा आधारभूत विद्यालय
‘मेरो स्कुल’ शीर्षक राखी कविताको सार
मेरातर्फबाट गर्छु सबलाई नमस्कार
जाजरकोट जिल्ला मेरो बारेकोट घर
‘पुष्पा’ लेख्छु नाम म त बसनेत हो थर ।
मनोहरा स्कुल मेरो कक्षा सात मा पढ्छु
गुरु जनको शिक्षा लिदैं सधैँ अधि बढ्छु
गुरु जनको शिक्षादीक्षा लाग्छ मलाई उच्च
खराब बानी कुसङ्गत लाग्छ मलाई त तुच्छ ।
गुरुबा र गुरुआमा माता पिता जस्तो
एक दिन स्कुल छुट्यो भने लाग्छ कस्तो कस्तो
जन्म दिने माता नै हुन् ज्ञान दिने गुरु
राम्रा राम्रा काम हामी गरौँ अब सुरु ।
स्वच्छ पानी खान मिल्छ स्कुलमा पढ्दा
सधैँभरि राम्रो लाग्छ मिलीजुली बस्दा
फुर्ती लगाई हिँड्नु हुन्न, दिनु हुन्न सान
आफूभन्दा ठुलालाई गर्ने गरौं मान ।
कक्षा सातमा पढ्ने भयौँ सोच्छौँ अब केही
सानालाई माया गर्छौँ जानेका छौँ तेही
साना साना बाबु नानी कति राम्रा राम्रा
स्कुल जान आऊ अब पछि लागी हाम्रा ।
लेखकको सम्वन्धमा