आमाको महिमा

कक्षा : सात
श्री मनोहरा आ.वि.
आमा ! तिम्रो कोखबाट हुन्छ, जन्मदिनको सुरु
मेरो जिन्दगीमा पहिलो शिक्षा दिने तिमी नै हौ गुरु
जिन्दगी सुरु हुन्छ तिम्रै गाँस गाँसमा
मैले फेर्ने श्वासमा पनि श्वास छ तिम्रै श्वास श्वासमा ।
आफू खुसी भई हामीलाई, खेलोउँछ्यौ
ताते ताते भन्दै हामीलाई बोलाउँछ्यौ
तिम्रो मनभरि हुन्छ, दुःखैदु: ख
आफूले परिश्रम गरेर दिन्छ्यौ हामीलाई सुखैसुख ।
तिमीले दिने माया छैन त्यति सस्तो
तिमी साथमा नहुँदा लाग्छ कस्तो कस्तो
हाम्रो जीन्दगी हुन्छ तिम्रै हातमा
सधैँभरि छौँ जस्तो लाग्छ तिम्रै साथमा ।
असङ्ख्य तिमीले दिने माया
तिम्रो गुणको अवगुण गर्न सकिँदैन
घरि घरि आउँछ तिम्रै याद
जीवनभर दिन्छ्यौ तिमीले नै साथ ।
लेखकको सम्वन्धमा