February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

सरस्वती माताको रूप शिक्षक

रोशनी राई
कक्षा : ६
श्री मनोहरा आधारभूत विद्यालय


पहिलो सार तपाईँलाई
यति भन्न चाहन्छु 
सरस्वती माता शिक्षक
विद्यार्थी मै रहन्छु ।

ज्ञानी माता सरस्वती 
गुणकारीको देश 
विध्यार्थीको पहिलो हेराइ 
शिक्षकको भेष ।


गुरु ज्ञान बाँढ्ने
सरस्वतीको रूप हो 
प्रतीरूप सरस्वती देवी 
विद्यार्थीको ज्ञान हो ।

शिक्षक बस्ने विद्यालय
सरस्वती वस्ने किताब 
शिक्षकले ज्ञान बाँढ्ने 
सरस्वती माता नै ज्ञानको भण्डार ।

गुरू हाम्रा माता पिता
विद्यालय घर
गुरुबाट सिकेका ज्ञान 
आमाको माया सरह ।

पढ्न दिने सबैलाई
नगर्ने ज्ञान हरण
पढ्न लेख्‍न आएका हौँ
बस्छौँ सरस्वती माताको सरणमा ।