February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

ती तीन भाइ

उनीहरू तीन भाइ राम, लक्ष्मण, श्याम
भाइ भाइको माया लाग्छ 
तर भाइलाई भन्न सकिन्नँ 
एक भाइलाई चोट लाग्दा 
तिनैभाइको मुटु पोल्छ 
एक भाइको मुस्कान हेर्दा 
तिनैको मन खुसी हुन्छ।
एकका आँखामा आँसु आउँदा 
अर्काको आँखा नदीझैँ सुसाउँछ
एकको मुहारमा खुसी छाउँदा 
अर्काको मुहार घामझैँ चम्कन्छ…..
किनभने
ती तीन शरीर एक मुटु !
 
भगवान्‌ले तिनको जोडी यस्तै बनाइराखुन्
जीवनभरि भाइले भाइको साथ दिइराखुन्
यहाँ बढी माया भाइकै हो
जे भए पनि भाइ भाइ नै हो ।
 
तिनी तीन भाइ दुःख, सुख सँगै बाँढ्छन् 
विपत् पनि
मिली सँगै फाँड्छन् ।
 
अरूलाई धनसम्पत्तिमा खुसी 
तर तिनलाई भाइकै खुसीमा खुसी
भाइको चाहनालाई आफ्नो चाहना बनाई पूरा गर्छन् 
जति दुःख आए पनि हाँसी हाँसी टार्छन् ।
 
भाइको साथले आफ्नै दुनियाँ बनाउने छन्
ती जन्म दिने आमाको 
अझै गौरव बढाउने छन् ।