बाचा गर्छौँ
![](https://jharanasanchar.com/wp-content/uploads/2022/09/श्रीया-खत्री.jpg)
कक्षा : ७
श्री मनोहरा आधारभूत विद्यालय, भक्तपुर
हामी यो देशका हौं
यही देशमा हामी बस्छौं
दिँदैनौँ देशलाई दुःख
राख्ने छौँ जहिले सुख ।
छैन यहाँ कोही पराई
बस्दैनौँ डराई डराई
बोल्छौँ सधैँ साँचो
देशलाई छ हाम्रो खाँचो ।
सबै छन् रातै सातको
सबै नेपाली नै हो
लड्छौँ पराईसँग हामी
देशलाई आफैँले थामी ।
यही देशमा जन्मेका हौँ
यही देशमा मर्ने छौँ
हामी पराइ हैनौँ
पराइसामु हार्ने छैनौँ ।
हुँदैन देशलाई घटी
गर्ने छौँ उन्नति
नराम्रो हुँदा मन दुख्छ
पार्ने छौँ देशलाई उच्च ।
किताबलाई हाल्छौं गाथा
उच्च छ सगरमाथा
हिमालका अग्ला अग्ला चुचुरा
ती नै चुचुरामा फर्फराउँछ नेपालको झन्डा ।
झन्डाका सूर्य र जून
के भन्छन् सबैले सुन
छाड्दैनौँ देशलाई कहिल्यै
बाचा गर्छौँ हामी अहिल्यै ।
लेखकको सम्वन्धमा