रहर

म रुख हुँ घामको किरण सँगै हाँस्ने रहर छ !!
म मेरा आफन्त, नाता-गोता सम्झन चहान्छु
मलाई हावाको झोक्कामा पात हल्लाई नाँच्ने रहर छ !!
मेरा पुर्खा हुर्केको ठाउँमा आज मनुष्यको सहर छ
कङ्क्रिटको सहर उसको अधीनबाट खोस्ने रहर छ !!
यस्ता सहर पनि छन् मनुष्य र हाम्रो मित्रता भएको छ
बस् मलाई सबैसँग सुमधुर सम्बन्ध गाँस्ने रहर छ !!
स्वच्छ हावा दिन तयार छु दिन्छु म फल र शीतल पनि
नताकुन् मनुष्यले करौँती र बन्चरो, मलाई बाँच्ने रहर छ !
लेखकको सम्वन्धमा