Epaper
Contact Us
October 8, 2024, Tuesday
२०८१ आश्विन २२, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
आओ प्रिय भेडाहरूहो !
- लामिछाने मात्रिका
२०७९ भाद्र ७
472 views
आओ प्रिय भेडाहरूहो ! आओ !
आओ, प्रिय भेडाहरूहो ! आओ !
लौ त अव सुरु गरौं हाम्रो बन्द हड्तालको कार्यक्रम !
तिमीहरू सडक तताउने,
पुलिसहरू ढाडमा डन्डा बजाउने
लिएर आओ लाठी, भाला, मुङ्ग्रा र कटबाँस
अवज्ञा गर्ने अटेरी मनुजलाई बनाइदेओ लास
टाउको ताकी ताकी हान
ढाडको हड्डी गनी गनी भाँच
हिरोनीहरूलाई ल्याइदिन्छौं सडकमा
कम्मर जोडी जोडी नाच
हामी अघि अघि देखाउँछौं हरियो घाँस
तिमीहरू पछिपछि आओ
पुलिसको डन्ठा र गोली खाओ ।
मरिहालेछौ यदि भने तिमीहरू
मरिहालेछौ यदि भने तिमीहरू
सहिद भन्दिन्छौं हामीहरू
बाँचुञ्जेल कसले भन्छ मरेपछि कसले गन्छ
हेर त कत्रो सम्मान हुने छ तिमीहरूको
अनि बनिहालेछ सरकार हाम्रो यदि भने
दिउँला रोजीरोटी तरकारी
लगाइदिउँला
तिम्रा छोराछोरीलाई जागिर सरकारी,
बनाइदिउँला
एउटा कालो ढुङ्गे सालिक
र
राखिदिउँला माझ बाटामा ।
तिम्रै ढाडमा टेकेर
तिम्रै रगतमा होली खेलेर
सत्तामा पुग्नुछ, कुर्सीमा पुग्नुछ
खोलानाला बेच्नुछ, सीमाना बेच्नुछ,
बालुवाटार सिंहदरबार बेच्नुछ
देशको अस्मिता बेच्नुछ
धर्म संस्कार संस्कृति, इतिहास बेच्नुछ
रीतिथिति परम्परा सान मान बेच्नुछ
तिमी रोए के भो र आफू हाँस्नुछ
छोरी बुहारीलाई मेयर मन्त्री बनाउनुछ
घरबेटीलाई ठेक्कापट्टा दिलाउनुछ
कोही मरुन् बाँचुन्, खाउन्, नखाउन् लाउन् वा नाङ्गिउन
केही परबाह छैन, कुनै चिन्ता छैन
बाटो घाटो पुल–पुलेसा बनुन्, नबनुन मतलब छैन
शिक्षा स्वास्थ्य रोजगारी
छैन केही जिम्मेवारी
कुर्सी चाहियो, पद चाहियो, कार्यकारी चाहियो
गाडीघोडा लावालस्कर मान सम्मान चाहियो
त्यसैले हामीलाई लोकतन्त्र चाहियो
त्यसैले त प्रिय भेडाहरूहो आओ ।
लौ त अब सुरु गरौं
हाम्रो बन्द हड्तालको कार्यक्रम ।
लौ त प्रिय भेडाहरूहो आओ ।
खुरुखुरु आओ, लुरुलुरु आओ
कराउँदै आओ, डराउँदै आओ
झन्डा बोकेर आयो, डन्डा बोकेर आओ
कालोपट्टि बाँधेर आओ, घेराबार नाघेर आओ
भोकै तिर्खै नाङ्गै आओ, गाउँदै आओ
नाच्दै आओ, कम्मर भाँच्दै भाँच्दै आओ
खान लाउनको चिन्ता नगर
सुत्ने बस्नेको पीर नगर
छोराछोरी र भविष्यको फिकर नगर
सारा कामधन्दा, मेलापात नोकरी इलम
भातभान्छा गाईबस्तु, धन्दापात
सबथोक छोडेर आओ
घरका नानी छोडेर
सौ थरी बिमारले थलिएका बा–आमा छोडेर
गृहलक्ष्मी छोडेर
बिदेसिएका पोइ बिर्सिएर आओ
च्याप्प ढुङ्गा समाओ
भिडतिर ड्याम कि ड्याम बजाओ
दुईचार दर्जन मान्छे लडाओ
देशका भातिक सम्पति ढलाओ
सरखारी बख्तरबन्दलाई छेवै पर्न नदिई भगाओ
शत्रुलाई नानाभाँती सराप्दै धारे हात लाओ
भोलिपल्टै मिलेर भेटेर फेरि हात मिलाओ
काँधमा काँध मिलाओ
हामीलाई कुर्सीमा सत्तामा पुर्याओ ।
यति गर्दा पनि बाँचेछौ तिमीहरू यदि भने
मिलीजुली लुटेर खाओ
दुनियाँ जग हँसाओ ।
आओ प्रिय भेडाहरूहो आओ
लौ त अब सुरु गरौँ हाम्रो बन्द हड्तालको कार्यक्रम ।
लेखकको सम्वन्धमा
- लामिछाने मात्रिका
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
तीन मुक्तक
मेरो चित्रकला
मनोहर माध्यमिक विद्यालय टोखामा स्वास्थ्य प्रदर्शनी
कस्तो यो सहर !
मेरो कलम
धेरै पढिएको
लेखकको सम्वन्धमा