समयको महत्त्व

कक्षाः ७
आदर्श जनप्रेमी स्कुल
समय एउटा पन्छी हो उड्ने यसको काम
समयलाई नबुझदा हुन्छ हाम्रो बदनाम ।
समयमै आफ्नो काम गरी अघि बढ्नुपर्छ
समयको गतिलाई अब हाम्ले बुझ्नुपर्छ ।
समयको गतिलाई रोक्न हुन्छौँ असफल
समयमै आफ्नो काम गरी हुन्छौँ सफल ।
सङ्घारमा सुनको बिहान जाँगरले उम्रने छ
समयमै अघि बढे भाग्यको द्वार खुल्ने छ ।
नजिस्क्याऔँ समयलाई अघि बढ्नुपर्छ
अघि बढ्न नसकेमा हाम्ले रुनुपर्छ ।
आकाशलाई छुन हाम्ले बढ्नुपर्छ अघि
समयको महत्त्व बुझी बढ्नुपर्छ अघि ।
समयमै काम गरी अघि बढौँ साथी
अनि मात्र हुन्छौँ हामी आकाशभन्दा माथि ।
लेखकको सम्वन्धमा