म नि केही गरूँ

कक्षाः ९
लर्ड बुद्ध इङ्लिस स्कुल
मध्यपुर ठिमी, भक्तपुर
नेपाली हुँ देशको रक्षा सधैँभरि गर्छु
नेपालकै निम्ति भनी हाँसी हाँसी मर्छु
घामछाया नभनी म अघि अघि सर्छु
अब भने देशका लागि म नि केही गर्छु ।
सीमा यहाँ मिचिसक्यो सबै वरिपरि
अब देशको रक्षा गर्ने मेरो जिम्मेवारी
समयले चाल चल्यो टिक टिक गरी
देशलाई चिनाउने अब संसारभरि ।
प्राणप्यारो लाग्छ मलाई मेरो देशको माटो
देशलाई लग्ने छु म विकासको बाटो
सास रहेसम्म पनि आश रोक्ने छैन
देशप्रेमी मुटु कुनै दशद्रोही होइन ।
हार मान्ने छैन म कहिले पनि अब
देशका लागि केही गर्न अघि बढौँ सब ।
देशलाई आँच आए सोच्छु अघि बढूँ
देशका लागि अब सोच्छु म नि केही गरूँ ।
लेखकको सम्वन्धमा