January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

आमा

सजना पाण्डे
कक्षा ९
निहारिका शिशु कुञ्ज माध्यमिक विद्यालय

हे आमा ! अब तिम्रा दुःखका दिन आउने छैनन् कहिले
कति दुःख काट्छ्यौ तिमीले बुझेकी छु मैले
अब तिम्रो आँसु पुस्‍न रोकिन्‍नन् यी हात
ढुक्क भई बस दिने छु म साथ । 

हुर्काई बढाई, ठुलो बनाई गर्‍यौ रेखीदेखी
भन्छौ मलाई ‘सक्षम बन यही खुट्टामा टेकी’
छोरी भनी हेपेका छन् यो समाजमा मलाई
भलो कहिल्यै नहोस् दैव ! आमा रुवाउनेलाई ।

मेरा लागि समाजको भनाइ नराम्रो पर्‍यो
एक एक गरी थाहा छ मलाई कसले के के गर्‍यो
हाँसो मात्र फर्काउने छु अब तिमीलाई मैले 
अब तिम्रा दुःखका दिन आउने छैनन् कहिले । 

अब म यस समाजको उदाहरण बन्ने छु
छोराछोरी एकै हुन् सबैलाई यही भन्ने छु
छोरी भनी कसैले पनि पाइन्न हेप्‍न चेप्‍न
नसोच भो दलाली हो अब छोरी बेच्‍न ।