मनको झोली

आजभन्दा भोलि
कैल्यै पनि नभरिने
रैछ मनको झोली ।
माया गरेँ माटोलाई
मिठो फल पाएँ
त्यै फलले हो कि के हो
लोभको बिउ ल्याएँ ।
हिजो पनि लोभ थियो
आज पनि उस्तै
रूप कस्तो, बैँस कस्तो
सधैँभरि त्यस्तै ।
निद्रा छैन, थकाइ छैन
तृष्णा अझै अझै
धर्ती आकाश जताततै
शन्ति छैन कतै ।
हिजोभन्दा आज
आजभन्दा भोलि
कैल्यै पनि नभरिने
रैछ मनको झोली ।
लेखकको सम्वन्धमा