February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

आमाको मोह

कृति पोखरेल 
विद्यालय-घटराज मेमोरियल स्कुल
कक्षा-१०

नरुनु आमा डाँको छोडी पाङदेन समाएर
तिम्रा आँसुका थोपासँग मेरो विश्वास बिलाएर
म बाँच्न कसरी सक्छु र ?
तिम्रा इच्छापूर्ति कसरी गर्नु र ?

सङ्कुचित मानसपटलमा तिम्रो मोह मैले कहिल्यै देखिनँ
सधैँ नियतिलाई धन्यवाद दिँदै तिम्रो आशिष् मैले कदापि बुझिनँ
सानो छदाँ अबोध थिएँ आमा आभास पाउन सकिनँ
ठुलो भई आफ्नो भावना व्यक्त गर्न मैले कदापि जानिनँ।।

स्वार्थी कुटुम्बका सामु व्यक्त गर्दिनू ती सम्वेदना
सल्किरहेको मुटुमा अझै नप्रगल्नू ती नानाथरीका भावना
प्रलोभनमा फस्ने छुइनँ आमा पूरा गर्ने छु तिम्रा लाखौं हजारौं सपना 
बस् ! एकपटक विश्वास राख्नू अनि श्रद्धा गर्नू पूरा गर्ने छु तिम्रा चाहना।।

पीडा नलिनू आमा खुसीसाथ बाँचौँला
छोटो समयवाधिमा रमाएर बसौँला
हारेका बेला काँध थप्थपाउनू अनि आँट दिनू
सधैँ सदैव मलाई माया र साथ दिँदै दिँदै जानू।