नारी नै घर हाे

रुखाे हुन्छ सबै भएको चिजबिज सारा त्यहाँ छन् जति ।
सुनकाे छानाे हाेस् अम्मृत खानाे हाेस् खल्लाे हुने छ त्यहाँ
मेलमिलाप गरन कठिन छ घरमा नारी नहुदा महाँ।
आमा छैनन् दिदीबहिनी नहुदा पत्नी नभए पनि
भाउजू बुहारी र छाेरी पनि त नारी नभए अनि ।
अँध्यारो हुने छ यी काेही नभए घरका गहना यी हुन्
लुगा राख्ने कता पानी दिने काे हाे काे गर्छ दाल भात तिहुन ।।
ढाेका खाेल्ने घरकाे बडारकुडार चिया पकाउने अब
खान पस्किसके ढिला हुने हाे कि भन्ने ती नारी सब।
रुचेन कि कसाे भनेर साेधने आमा, दिदी, पत्नी हुन्
भाउजू, बहिनी जाे नारी जति हुन् धेर थाेर कस्तो छ नुन।।
गाडी हुन् घरमा अनेक थरीका सुन चाँदि पैसा अरू
काे बस्छ गाडीमा के गर्नु र त्यहाँ सारा गहना हरू ।
ठुलो हाेस् महल त्यो बाह्र तलाको धेरै हितैसी हउन
नारी छैन भने त्यहाँ सब कुरा पाटिसरिकाे छ जुन।।
फुलेकाे फूल हुन बगैंचाबिचमा खेतबारीमा अन्न हाेस्
दुध, दही घ्यू मिठा चिजहरू सारा सबै टन्न हाेस्
नारी त्याे घरमा रहिनन् भने त सारै अँध्यारो तर
झुप्रामा पनि स्त्री रहिन् यदि भने दर्बार तेही हाे घर ।।
लेखकको सम्वन्धमा