हाम्रो गोलबजार
![](https://jharanasanchar.com/wp-content/uploads/2022/07/त्रिलोक-यादव.jpg)
प्रसादी एकेडेमी,
कक्षा : १२
हाम्रो मायाको बजार
गोलबजार
अरूले सोधलान्
के हो गोलबजार ?
म भनुँला-
मेरो मुटु हो गोलबजार
आमालाई गर्ने मायाझैँ हो गोलबजार ।
शरीरभरिको छाया
र मुटुभरि सजाएर राखिएको गोलबजारको माया
म कसरी वयान गरूँ !
आफूभन्दा बढी माया
गोलबजारकै लाग्छ
शरीर जहाँ भए पनि
जीवनभरि
मन त्यहीँ बस्छ ।
सास फेर्दा
याद आउँछ-
गोलबजारको सफा हावा
केही गर्दा गोलबजाकै लागि गरूँ गरूँ लाग्छ
गोलबजारकै हाँसोसँग
मैले मेरो हाँसो साटिसकेँ ।
मैले सोच्ने गरेको थाहा भएन
तर,जतिबेला सोच्छु
गोलबजारकै बारेमा सोच्छु ।
नसताऊ आफू बस्ने ठाउँलाई
बरु, सक्छौ भने बनाऊ ।
हाम्रो गोलबजार
प्यारो गोलबजार
राम्रो गोलबजार ।
लेखकको सम्वन्धमा