म

कक्षा : १२
पञ्चायत मावि, पथरी, मोरङ
ओहो !
टक्क उभिन्छु
नियाल्छु म मैलाई
उपहार हो कि वरदान
कतै मानव लोकको
अभिशाप हो कि कायर !
म ममै शब्द खोज्छु
अनि ममै प्रश्न छन् धेरै
किन अटेन साहित्य अनि
इतिहासमा विलाउँदै छ
किन मेरो पाना !
म अवश्य पाहुना हुँ
जाने छु एक दिन
बाटामा नहराउने कुनै छैन चिह्न
म किन बोझ भएकी !
सकिनँ छाप छोड्न ।
मैले पाएँ आउने बाटो
जाने पनि खुल्लै छ
सक्दैन कसैले यसलाई छेक्न
तर, गर्ने कृति कर्ममा
ममा कतै दोष भयो कि !
कतै होस गुमाएर
फेरि टक्क उभिन्छु
ऐना नियालेर
अनि सोध्छु म मलाई नै
कृति, शब्द, इतिहास राख्नेमा
अनि ममा के फरक छ र ?
लेखकको सम्वन्धमा