March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

वक्तृत्वकला प्रतियोगितासम्बन्धी सूचना

२०७९ साल भदौ ५ गते झरना सञ्चारका प्रबन्ध सम्पादक श्री वासुदेव अधिकारीको ६४औँ जन्मदिनको अवसरमा झरना सञ्चारले आयोजना गरेको निम्‍नानुसार प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन पाँचथर जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिन्छ ।

  • कार्यक्रम : वक्तृत्वकला प्रतियोगिता 
  • आयोजक : झरना सञ्चार
  • प्रायोजक :  वासुदेव अधिकारी
  • विषय/शीर्षक : पाँचथर : मेरो गौरव (पाँचथर जिल्लाको प्राकृतिक, भौगोलिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, आर्थिक, पर्यटकीय आदि मध्ये कुनै एक अथवा सबै विषयलाई समेटेर पाँच मिनेटसम्मको वक्तृत्व हुनुपर्ने)
  • सहभागी : कक्षा ९ देखि १२ सम्मका विद्यार्थी 
  • किसिम : Video प्रतियोगिता (‘पाँचथर : मेरो गौरव’ विषयमा वक्तृता तयार गरी वाचन गरेर भिडियो बनाई पठाउनुपर्ने)
  • भिडियो पठाउनुपर्ने मिति र माध्यम : २०७९ साउन २० गते सम्ममा jharanasanchar@gmail.com वा Viber 9841370393 वा  WhatsApp : 9841370393 मा
  • स्क्रिप्ट पठाउनुपर्ने : प्रतियोगी विद्यार्थीले भिडियोका साथमा तयार गरेको वक्तृता टाइप गरेर अथवा प्रस्ट बुझिने अक्षरमा लेखी प्रस्ट बुझिने फोटो खिची २०७९ साउन २० गते सम्ममा पठाउनुपर्ने,
  • खुलाउनुपर्ने विवरण : प्रतियोगीको नाम, ठेगाना, सम्पर्क नम्बर, email, अध्ययनरत विद्यालयको नाम र कक्षा साथै प्रमाणपत्रमा राख्‍ने  passport size फोटो पनि पठाउनुपर्ने
  • Shortlist: प्राप्त भएका Video को उपयुक्तता र सान्दर्भिकता मूल्याङ्कन गरी Shortlist तयार गर्ने, Shortlist मा परेका Video मात्र प्रतियोगिताका लागि झरना सञ्चारको Youtube Channel मा प्रसारण गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने
  • प्रथम पुरस्कार नगद रु. १५००।– (एक हजार पाँच सय) र प्रमाण पत्र
  • द्वितीय पुरस्कार नगद रु. १२००।– (एक हजार दुई सय) र प्रमाण पत्र
  • तृतीय पुरस्कार नगद रु. १०००।– (एक हजार) र प्रमाण पत्र
  • लोकप्रिय पुरस्कार नगद रु. १०००।– (एक हजार) र प्रमाण पत्र (Youtube Channel मा सर्वाधिक Views, Likes, Subscribes, Comments भएको तर उत्कृष्ट तीनअन्तर्गत नपरेको )
  • सान्त्वाना दुई जनालाई नगद रु. ५००।– (पाँच सय) र प्रमाण पत्र
  • सम्पूर्ण सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिने
  • मूल्याङ्कनविधि : Views, Likes, Subscribes, Comments लाई १०% र संवोधन, विषयवस्तुको ज्ञान, प्रस्तुतीकरण, भाषाशैली, हाउभाउ र समापनलाई ९०% अङ्क छुट्याइने 

अङ्कवितरण

शीर्षकअङ्क
Views
Likes
Subscribes
Comments
संवोधन
विषयवस्तुको ज्ञान२०
प्रस्तुतीकरण
भाषाशैली
हाउभाउ
समापन
जम्मा५०

*Subscribes भन्नाले सो Video मार्फत Channel ले प्राप्त गरेको Subscriber सङ्ख्या भन्ने बुझ्नुपर्ने 

  • समयावधि : Video प्राविधिक मूल्याङ्कनको समय २०७९ साउन २८ गते बिहान १० बजेदेखि २०७९ भदौ ३ गते बिहान १० बजेसम्म मान्य रहने अर्थात् यही समयावधिभरिमा प्राप्त Views, Likes, Subscribes, Comments अनुसार अङ्क प्रदान गरिने 
  • Youtube Video Link : सम्बन्धित प्रतियोगीले २०७९ साउन २८ गते बिहान १० बजे पठाइएको Youtube Video Link आफ्नो  Facebook मा राख्‍न सक्ने 
  • अन्तिम निर्णय : मूल्याङ्कनसम्बन्धी अन्तिम निर्णय निर्णायक मण्डलको हुने
  • नतिजा प्रकाशन तथा पुरस्कार वितरण : २०७९ भदौ ४ गते साँझ ७ बजे झरना सञ्चारले आयोजना गरेको Virtual कार्यक्रममा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिने
  • पुरस्कार वितरण : नतिजा प्रकाशनका साथै सोही दिन बैंक खातामार्फत नगद पुरस्कार र Email मार्फत प्रमाणपत्र वितरण गरिने छ ।

झरना सञ्चार