September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

अहिलेको याम

समय
आफैँमा छिमल्लिएर
छितारिएर
कताकता दौडेजस्तो
भोग जस्तो गरेर
बढ्दै छ अनन्तमा ।
युग
हामीले बाँचेको धर्ती
पश्‍चातापको अर्को तापले
रन्थनिएर तातेको छ
मानौं अब बाँच्ने
साँग्लाहरु मात्र हुन् ।
बेला कुबेलामै रोपेर
चिचिला लागेका बिरुवाहरूका
चिचिलैमा फल झर्दै छन्
सायद मासिने याम सुरु भएर हो कि
अबको बेला भयावह लाग्छ ।
मिति : २०७९।०३।२६
घट्टेकुलो काठमाडौं