गीत

मेरो देश स्वर्ग हो; खगरमा, बगरमा झुम्छु
के छैन र यो देशमा पाइलैपिच्छे सुन
नदी बग्छ, झर्ना झर्छ सुसेल्दै धुन
पाटनमा भेडा च्याङ्ग्रा चराउँदै घुम्छु
म माटाकै टिका लाउँछु, माटोलाई चुम्छु
मेरो देश स्वर्ग हो; खगरमा, बगरमा झुम्छु
पहाडमा कोदो मकै हिमालमा उवा
तराईमा धान रोप्छु, चौरी पाली खुवा
कैले चढ्छु सगरमाथा, कैले र्याफ्टिङ गर्छु
म माटाकै टिका लाउँछु, माटोलाई चुम्छु
मेरो देश स्वर्ग हो; खगरमा, बगरमा झुम्छु
जडीबुटी शुद्ध पारी बनाऊँ औषधि
इतिहासमै बनाउनु छ, गौरवमय सदी
आफ्नै बलबुताले यो, देश बनाऊँ भन्छु
म माटाकै टिका लाउँछु, माटोलाई चुम्छु
मेरो देश स्वर्ग हो; खगरमा, बगरमा झुम्छु
लेखकको सम्वन्धमा