February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

बुद्ध र मानिसका सपनाहरू

आर्या मानन्धर
कक्षाः ९
एडभान्स्ड एकेडेमी
मध्यपुर ठिमी भक्तपुर
 
बालबालिकाहरू सपना हुन्
बुद्धजस्तै ज्ञानी बनुन् उनीहरू  ।
मानिसहरू ज्ञान सुन्छन् बन्छन् बुद्ध
सुनाउँछन् बालबालिकालाई उपदेश शुद्ध
ज्ञानी होउन् बालबालिका बनुन् शुद्ध बुद्ध
एकअर्कासँग मिलेर बसुन् नबनुन् क्रुद्ध ।
बुद्धजस्तै ज्ञानी र ठुलो बन्ने देखुन् सपना
अकर्मण्य बनी नबनौँ है केवल थपना
बुद्ध र शुद्ध सँगसँगै आउने हुन्
संसारप्रसिद्ध बुद्धझैँ सबै मानिस बनुन्
सपना देख्ने मानिसले बुद्ध बन्ने
बुद्ध महान् हुन् बुद्धजस्तै ज्ञानी होउन् ।